ताजा अपडेट »

टिपिएल : आयोजकलाई पराजित गर्दै पत्रकार महासंघ विजयी

मंगलबार, ०५ कार्तिक २०७६

कार्तिक ५,
ग्लोबल आवाज
बुटवल । तिलोत्तमा प्रिमियर लिगको अवसरमा संचालित मैत्रिपूर्ण क्रिकेट खेलमा पत्रकार महासंघ रुपन्देहीको टोली बिजयी भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको टोलीलाई ७ रनले पछाडी पार्दै पत्रकार महासंघको टोली बिजयी भएको हो । टस जितेर ब्याटिङ्ग गरेको महासंघको टोलिले निर्धारित १० ओभरको खेलमा ६९ रनको योगफल तयार पारेको थियो । महासंघको जितका लागि भुवन पाण्डेले सर्बाधिक २५ रनको योगदान गरे ।

जवाफमा ७० रनको बिजय लक्ष्यका साथ ब्याटिङ्ग गरेको क्रिकेट विकास समितिको टोलि पूरै ओभर खेलेर ६२ रनमा समेटिएको थियो । क्रिकेट बिकास समितिको टोलीलाई सस्तैमा समेट्न महासंघका इन्द्र खत्रीले ६ रन खर्चेर २ विकेट लिए भने प्रकाश पाण्डेले १० रन खर्चेर २ विकेट लिएका थिए । त्यस्तै महासंघकै सचिन चौधरीले १२ रन खर्चेर १ विकेट, डि. बी सुस्लिङले ७ रन खर्चेर १ विकेट तथा भुवन पाण्डेले १८ रन खर्चेर १ विकेट लिएका थिए । सो खेलमा टिमका लागि २५ रनको योगदान गर्दै बलिङ्गतर्फ १ विकेट लिन सफल महासंघका भुवन पाण्डे म्यान अफ द म्याच भएभने २ ओभरमा ६ रन खर्चेर २ विकेट लिन सफल इन्द्र खत्रीले बेष्ट वलरको उपाधि जिते ।

क्रिकेट एसोसिएसन नेपालका केन्द्रिय सदस्य प्रशान्त बिक्रम मल्लले म्यानअफ द म्याच र बेष्ट बलरको पुरस्कार प्रदान गरे । बिजेता पत्रकार महासंघको टिमलाई तिलोत्तमा प्रिमियर लिगको समापनका अवसरमा कप, मेडल तथा प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिए ।