ताजा अपडेट »

सैनामैनाको एक विद्यालयको ५५ हजार चोरी, ल्यापटप फुटाइयो

सोमबार, १२ पुस २०७८

बुटवल । रुपन्देहीको सैनामैना–३ स्थित जनज्योति आधारभुत विद्यालयमा चोरी भएको छ । अज्ञात समूहले शनिबार विद्यालय तोडफोड गरि नगद ५० हजार चोरी गरेको विद्यालयका प्राधानाध्यापक बुद्ध प्रसाद गौतमले बताए ।

विद्यालयको प्रशासीनक कार्यालयको एक दराजमा राखीएको पैसा चोरी भएको र ल्यापटप समेत फुटाइएको विद्यालयका प्राधानाध्यापक गौतमले जानकारी दिए । शुक्रबार दिउँसो ४ बजे विद्यालय बन्द गरेपछि आइतबार विहान १० बजे विद्यालयका शिक्षक स्कुल पुग्दा सो घटना थाहा पाउना साथ विद्यालयले इलाका प्रहरी कार्यालय रन्यौरा प्रहरीमा निवेदन पेश गरेको छ । घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कानुनी उपचार गर्न प्रहरीलाई आग्रह गरिएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामीछानेले बताएका छन् ।घटना कसरी घट्यो, कसले घटायो भन्ने अहिलै नै एकिन नभएको र अनुसन्धान पछि यथार्थ पत्ता लाग्ने प्रहरी निरिक्षक लामीछानेको भनाई छ ।-सुरेश परियार