बुटवल । रुपन्देहीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । मृत अवस्थामा फेला पर्नेमा मायादेवी गाउँपालिका–३ हर्नामपुर बस्ने २३ वर्षीया सविता धोवी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
धोवी आफ्नै घरबाट करिब १ सय मिटर टाढा रहेको खडवा नालाको किनारामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया