ताजा अपडेट »

सिद्धार्थ बैकं लिमिटेडद्वारा बुटवलमा रक्तदान

आइतबार, ११ पुस २०७८

बुटवल । सिद्धार्थ बैकं लिमिटेड लुम्बिनी प्रदेश शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैकंको १९ औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार बिहान बुटवलको मिलन चोक स्थित कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा बैकंका विभिन्न शाखामा कार्यरत २५ जना कमर्चारीहरुले रक्तदान गरेको सिद्धार्थ बैकंका लुम्बिनी प्रदेश प्रमुख शुशिल नेपालले बताए । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यका साथ बैकंको १९ औँ वार्षिकोत्सवको अवसरको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रमुख नेपालले बताए ।

यस्तै शनिबार वार्षिकोत्सवको अवसरमा बैकंका कर्मचारीहरुले भैरहवा स्थित समाइ माता मन्दिरमा सरसफाई गरेका थिए ।

सिद्धार्थ बैंक लिमिटेडले १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकको सुविधा तथा ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ पुस ७ गतेदेखि क्यासब्याक योजना समेत ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा ग्राहकले पाचौँ कारोबार रकमको ५ प्रतिशत अ(धिकतम रु. १००), दसौँ कारोबार रकमको १० प्रतिशत (अधिकतम रु. १५०) र पन्ध्रौँ कारोबार रकमको १५ प्रतिशत (अधिकतम रु. २५०) नगद क्यासब्याक पाउन सक्नेछन्।

यस योजनाले ग्राहकलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ।