भैरहवा । “गोनहिया” भन्नलाई त नगरपालिकामा रहेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा रहेको यो गाउँ शहरमा रहे पनि शहरभित्रको पनि गाउँकै रुपमा अहिलेसम्म रहेको छ । एसियाली बिकास बैंकले नगरमा गरेका बिकास निर्माणका कामको केही असर यो गाउँमा परे पनि नगरपालिकाको चरम उपेक्षामा रहेको छ ।
शिक्षा, स्वास्थ्य एवम पूर्वाधार मात्र हैन राज्यले नागरिकलाई उपलब्ध गराउने न्यूनतम सुविधाहरु पनि यो गाउँले पाएको छ्र्रैन । करिब ६५ घरधुरी रहेको गोनहियामा अधिकांश घर कच्ची रहेका छन् । ती मध्ये धेरै घरमा अहिले सम्म बिद्युतको सुविधा समेत पुग्न सकेको छैन् ।
गोनहिया गाउँको यहि दुर्दशा देखेर अहिले नगर क्षेत्रमा क्रियाशिल महिलाहरुको संगठन “लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ”ले गाउँलाई नै सन्तानको रुपमा ग्रहण गरेको जनाएको छ । गोनहियालाई अभिभावकत्व प्रदान गर्ने निर्णय सहित लायन्स लेडी युथले यसको सामाजिक, शैक्षिक एवम आर्थिक विकासको काम गर्ने जनाएको छ । यसको लागी गोनहियामा बिभिन्न चेतनामूलक कामको साथै उनिहरुको आर्थिक अवश्था उकास्न सीपमूलक तालीमहरु प्रदान गर्ने क्लबको योजना रहेको छ ।
क्लबको अध्यक्ष तनु शर्मा कसौधनले गोनहियालाई “माई लायन्स भिलेज गोनहिया” भन्दै अभिभावकत्व ग्रहण गरिएको बताईन । उनले अब यो गाउँमा भविष्यमा स्वास्थ्य, शिक्षा, मानव शसक्तिकरण लगायतका मुद्दाहरुमा सचेतनामूलक काम गर्ने जनाईन । यस्तै यहाका महिलाहरुको आर्थिक अवश्था उकास्न माघ देखी सीपमूलक कार्यक्रमहरु समेत लागु गर्ने जानकारी दिईन । उनले स्थानिय सरकारको सहयोगमा यो गाउँमा गर्न सक्ने कामहरु गर्ने आश्वासन दिईन् ।
मानव समाजसेवामा समर्पित लायन्स क्लबले बिभिन्न सचेतनामूलक कामहरु गर्ने गरेको छ । नगर क्षेत्रमै दर्जनको संख्यामा रहेका लायन्स क्लबहरुको छुट्टाछुट्टै कामहरुको कारण उचित प्रतिफल निस्कन सकिरहेका छ्रन । बिशेष गरि बितरणमुखी कार्यक्रमहरुमा केन्द्रित रहेको क्लबका सेवाहरुलाई प्रतिफलमुखी बनाउन आवश्यक देखिएको छ ।
त्यसकारण प्रतिफल देखिने गरि नै डिस्ट्रिक गर्वनर राम प्रसाद भट्टले “लायन्स गाउँको” अवधारण ल्याएको यसका सल्लाहकार उमङ्ग देवकोटाले बताए । उनले छितरिएर काम गरिरहेका क्लबहरुलाई बाटो मात्र देखाएको जनाए । युथ लेडी लायन्सले गोनहियालाई अभिभावकत्व प्रदान गरि सके पछि अब उसले आफुले बर्ष भरि गर्ने कार्यक्रमलाई यहि केन्द्रित गर्ने उनले बताए । “हामीले एउटा लक्षित वर्गका निरन्तर काम गरि रहदा यहा केही न केही परिवर्तन हुन्छ भन्ने लक्ष्य राखी यो अवधारण ल्याएका हौं ।” देवकोटाले भने
आफ्नो कार्यक्षेत्रभित्र पर्ने गाउँहरुलाई स्थानिय तहले अभिभावकत्व प्रदान गर्ने दायित्व भए पनि त्यो दायित्वबाट सिद्धार्थनगर नगर पालिका पन्छिदै गएको छ । सिद्धार्थनगरपालिकाको उप–मेयर उमा काफ्लेले राज्यले निर्वाह गर्नु पर्ने दायित्व क्लबले गरेको भन्दै उनिहरुको श्रृजनशिल गाउँको पं्रशसा गरिन् । “एउटा बच्चाको अभिभावकत्व ग्रहण गरेको त सुनेको थिए तर एउटा सिंगो गाउँलाइ नै सुनेको थिईन ।” काफ्लले भनिन् “अति विपन्न ग्रामीण क्षेत्रलाई अभिभावकत्व प्रदान गर्नु भएको छ, यो क्षेत्रमा आवश्यक पर्ने हरेक काम गर्छौ भन्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।”
लायन्स क्लबले गरेको यो काममा स्थानिय तहले होष्टेमा हैसे गरि दिए पनि गोनहिया गाउँमा रहेको समस्याहरु केही हद सम्म समाधान हुने आशामा त्यहाका बासिन्दा रहेका छन् ।
प्रतिक्रिया