बुटवल । रोटरी क्लब अफ रुपन्देहीले ज्येष्ठ नागरिकहरुलाई निमोनिया विरुद्धको खोप प्रदान गरेको छ । क्लबले जाडोयामसँगै चिसो बढ्ने र वृद्धवृद्धाहरुमा निमोनिया हुने जोखिमलाई कम गर्न खोप प्रदान गरेको क्लबका अध्यक्ष रामप्रसाद खरेलले बताए ।
क्लबले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत रहेर शनिबार तिलोत्तमा–८ का २१ जना वृद्धवृद्धालाई खोप उपलब्ध गराएको क्लबका सचिव विक्रम रिजालले जानकारी गराए ।
तिलोत्तमास्थित करैया सामुदायिक वनको कार्यालय परिषरमा सम्पन्न खोप कार्यक्रममा डाः कृष्ण चन्द्र गोदारले खोप बारे जानकारी र महत्व सम्वन्धी प्रकाश पारेका थिए ।
सो अवसरमा बोल्दै क्लबका अध्यक्ष खरेलले क्लबले वार्षिक कार्ययोजना बनाएर विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । करिब १ लाख ३० हजार लागतमा २१ जनालाई खोप प्रदान गरेको र आगामी दिनमा अन्य ज्येष्ठ नागरिकलाई पनि खोप प्रदान गर्ने सचिव रिजालले जानकारी दिए ।
प्रतिक्रिया