बुटवल । सहकारीलाई आयआर्जनको पाटो मात्र नबनाई नेतृत्व विकास र सशक्तिकरणको पाटोको रुपमा बिकास गर्दै जानुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सहकारीको सिद्धान्तलाई आत्मसात गर्दै, यसको मार्गदिशालाई सामाजिक रुपान्तरण गर्दै, सदस्यहरुको नेतृत्व र बौद्धिक विकास गर्दै अघि बढ्नु पर्ने कुरामा सरोकारवालाहरुको जोड दिएका हुन् ।
बदलिँदो बचत तथा ऋण सहकारी संस्था बुटवलको ११औं साधारण सभामा बोल्दै राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सदस्य रामकृष्ण खाँणले सहकारीहरु अव पुरानो धारणाले चल्न नसक्ने बताउदै ति सहकारीहरुलाई परिमार्जन गरि लैजानु पर्ने बताए । सहकारीहरुले पछिल्लो समय महिलाहरुको नेतृत्व, बौद्धिक बिकास तथा आर्थिक आयआर्जनमा समेत वृद्धि गरेको र नेतृत्व तहमा पुराउन सफल हुनु सराहनिय काम भएको बताए ।
महिलालाई शिक्षा, आत्मनिर्भर बनाउने तालिम, तथा कृषि र युवा लक्षित कार्यक्रमहरु समेत संचालन गरि सबै तिरबाट माथी उठाउने कोशिस सहकारीले गर्नु पर्ने केन्द्रिय सदस्य खाणले बताए । नेपालमा हाल करिब ३९ हजार सहकारी रहेका छन् जस्मा ६५ लाख भन्दा बढी मानिसहरु सहकारीमा आवद्ध रहेका छन् । अहिले सहकारीले ८ खर्व भन्दा बढी निक्षेप संकलन तथा कर्जा प्रबाह गरिरहेको जनाइएको छ ।
सहकारीका अध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बुटवल उप–महानगरपालिकाका सहकारी अधिकृत गुणाखर खनाल, प्रदेश सहकारी संघका बसन्त ढकाल, नेपाल ट्रक यातयात महासंघ केन्द्रिय बरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेल, नेपाल यातायात कर्मचारी महासंघका महासचिव बावुराम अधिकारी, सहकारीका सल्लाहकारहरु पृथबहादुर फौदार, मजदुर नेता कृष्णप्रसाद बेलवासे, पशुपति सहकारीका डोलराज बस्याल, संस्थाका उपाध्यक्ष नरबहादुर रजाली, संस्थाकि सचिव एवं कार्यक्रम संचालिका वसन्ती लम्साल न्यौपाने, लेखा संयोजक टोपलाल घिमिरे लगाएतले सहकारीको महत्व र यसका आगामी कार्यदिशाबारे चर्चा गरेका थिए ।
संस्थाका सदस्य सत्यवती नेपालको स्वागत मन्तब्यबाट शुरुभएको सो कार्यक्रममा कोषाध्यक्ष तुल्सीराम पाण्डे भुवनले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो सहकारीको कुल पुँजी पौने छ करोड भन्दा बढि रहेको र करिब ५ सय सदस्यहरु आवद्ध रहेको सहकारीका अध्यक्ष प्रकाश गैरेले बताए ।
प्रतिक्रिया