ताजा अपडेट »

गौतम बुद्ध सामुदायिक मुटु अस्पताल अध्यक्षमा पुनः आलम

शुक्रबार, ०९ पुस २०७८

बुटवल । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको संचालक संस्था गौतमबुद्ध सामयुदायिक स्वास्थ्य संस्थामा पुनः एजाज आलमको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । यद्यपी संस्थाको नवौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन शनिबार मात्रै हुने भएकोले औपचारिक रुपमा घोषणा भने भई नसकेको निर्वाचन समितिले जनाएको छ ।

संस्थाको विधानमा अध्यक्ष बाहेक अरु पदाधिकारी कार्यसमितिको पहिलो बैठकले चयन गर्ने व्यवस्था गरिए बमोजिम अहिले अध्यक्ष र कार्यसमिति सदस्य मात्रै निर्विरोध निर्वाचित भएका हुन् ।

जसअनुसार कार्यसमिति सदस्यहरुमा सम्मानित सदस्यबाट होमराज बस्याल र रामप्रसाद बस्याल, विशिष्ट सदस्यबाट बाबुराम बोहोरा र राजेन्द्र सिंह गुरुङ तथा संस्थागत सदस्यबाट उपेन्द्र कुमार अग्रवाल निर्वाचित भएका हुन् । त्यस्तै संस्थापक खुल्ला सदस्यतर्फ बोनिन पिया, दिनेशराज रेग्मी, गुणनिधी भण्डारी, हिरामणी भट्टराई, जिवन प्रसाद अधिकारी र शिव कुमार पाठक निर्विरोध निर्वाचित भएका छन् ।

संस्थागत सदस्य महिलातर्फ भगवती पाण्डे र बनिका देवी शर्मा निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ । संस्थाको कार्यसमितीमा अस्पतालका निर्देशक, रुपन्देही उद्योग संघ, रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ बुटवल साउथ र रोटरी क्लब अफ डाउनटाउनबाट एकएक जना पदेन सदस्य मनोनित हुने व्यवस्था गरिएको अध्यक्ष आलमले जानकारी दिए ।

संस्थाको साधारणसभा, अधिवेशन तथा गौतमबुद्ध मुटु अस्पतालको नवौं स्थापना दिवसलाई नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष आलमले बताए । बुटवलका उद्योगीहरुको पहलमा २०७० साल पुस १० गते औपचारिक रुपमै सामुदायिक मुटु अस्पताल सुरु भएको थियो ।