ताजा अपडेट »

एसएसपी मृत्यु प्रकरण : रातिमै भिम अस्पतालमा भयो पोस्टमार्टम

शुक्रबार, ०९ पुस २०७८

भैरहवा । एसएसपी सुशील कुमार यादवको भैरहवा स्थित भिम अस्पतालमा शव परिक्षण गरिएको छ । श्रोतले दिएको जानकारी अनुसार रातिमै शव परिक्षण भए पनि परिवारले अन्तिम संस्कारको लागि भोलि मात्र अस्पतालबाट शव लैजाने बुझिएको छ ।

दिउँसो झुन्डिएको अवस्थामा संघीय प्रहरी एकाइ कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक सुशील कुमार यादव मृत फेला परेका थिए । दिउसै जानकारी भए पनि यादवको श्रीमती रुपम कुमारी यादव करिब ६ बजे मात्र आइ पुगे पछी घटनास्थलको मुचुल्का गरिएको थियो । सबै प्रकृया पुर्‍याएर करिब ९ बजे शवलाइ पोस्टमार्टमको लागि भिम अस्पताल पुर्‍याइएकोमा रातिनै उनको पोस्टमार्टम भएको छ ।

घटनास्थलमा गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रकाश अधिकारी लगायत सुरक्षा निकायमा उच्च अधिकारीहरुको उपस्थिती रहेको थियो । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ इमलीटोल निवासी मृतक यादवका श्रीमती र एक छोरा रहेका छन् ।