ताजा अपडेट »

रुपन्देहीको भैरहवामा कार्यरत एसएसपी यादव झुण्डिएको अवस्थामा फेला

शुक्रबार, ०९ पुस २०७८

बुटवल । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् ।

यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लागेका थिए । उनको मृत्युको एकिन कारण भने खुलेको छैन ।