समयले जित्दै छ तिमीलाई, अलिकति धैर्य राख,
मनमा कुदिरहेका प्रस्नको कुञ्ठालाई त्यागी, मुसुक्क मुस्कुराई पाइला अघि राख।
जीवन क्षणिक छ, यसलाई अर्थपुर्ण बनाई बाँच,
तिमी उडी आकाश साँघुरो बनाउने पंछी हौ, यसरी आफ्ना पंखहरु नभाँच ।।
डियर मि,
यहाँ बाटाहरु तिम्रो परिकल्पना अनुरूपका छैनन्, म मान्छु,
गन्तब्यमा खस्ने ठुला साना पहिरोले तिमिलाई रिक्त बनाउँदै छ, म जान्दछु ।
धैर्य राख, हावाको तीब्र बेगले आफ्नो दिशा अवश्य बदल्ने छ, वाक्य यही एउटा म भन्छु,
बवस्वास आँफैमा गर, तिम्रो आत्मसँग परिचित तिम्रो अंतरमन तिमिलाई योग्य ठान्छु ।।
डियर मि,
तिमी योद्धा हौ, कति काँडेतारमा हिड्नुछ तिमिलाई, आफैसँग हारी अघि कसरी बढ्छौ,
उठ, प्रतिद्वन्द्वि बन, उत्तर तब पाउँछौ जब प्रश्नसँग वादविवाद गर्छौ ।
स्वसिर्जित घाउ हुन तिम्रा ति, अब चर्याउने मलम बिना कसरी भर्छौ,
शिखरवेशीबाट निहाल्दैमा गँतब्य भेटिँदैन, हात बाँधि स्थिर भए स्वतस् पछि पर्छौ ।।
डियर मि
आत्ममा चैते बतास लुकाई, चतुर हौं तिमी जो यसरी छुट्याउन नसकिने मुस्कुराउँछौ,
एउटा ऐना मात्र त छ, जस्को अघि जाँदा कतै तिम्रो तिमीसँग नजर नजुधोस् भनि आँखा लुकाउन्छौ ।
तिमी भीडभन्दा भिन्न छौ, फेरि किन भीडमै घुली आफ्नो अस्तित्व सकाउँछौं,
एक पटक बिहानीको रापिलो किरणसँग आँखा जुधाउनु, तिमिले खोजेको उत्तर तिमिले उसैमा पाउन्छौ ।।
डियर मि
तिमी अन्धकारले भरिएको त्यो कालो,वर्षा बोकेको भारी बादल नबन न,
उदार आकासमा देखिने सूर्यको सात रंग छ तिमिमा, ति रंगलाई छुट्टा छुट्टै बनाउँछु नभन न ।
अनगिन्ति कारण छन तिमी अघि बढ्नुका यसरी औंलामा पुग्ने चुनौतीलाई नगन न,
तेजिलो अनुहार चम्किला आँखा र उर्जाले भरिएको हाँसो हो तिम्रो पहिचान, यसरी ओइलिएको फूल नबन न।।
प्रतिक्रिया