भैरहवा । राष्ट्रिय परिचयपत्रका लागि फोटोसहितको विवरण सङ्कलन गर्न खटिएको टोलीको समानहरु चोरी गर्ने क्रम बढेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा खटिएका टोलीको संकलन गर्ने सामाग्रीहरु फेरी चोरी भएको छ ।
मङ्सिर २७ गते विचौवापुर आधारभूत .विद्यालयबाट चार थान ल्यापटप चोरीको थियो । इलाका प्रहरी कार्यालय मर्चवारदेखि झण्डै ५० मिटरको दुरीमा रहेको सो विद्यालयबाट चोरी भएको ल्यापटप हालसम्म फेला परेको छैन । अहिले फेरी संकलन टोलीको ल्यापटप चोरी भएको छ । रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ४ को खैरास्थित वडा कार्यालयबाट सो ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ ।
बुधबार ७ गते राती कार्यालयको झ्याल फुटाएर ल्यापटप चोरी भएको बताइएको छ । सँगै राखिएका महँगा स्क्यानर, क्यामेरा र अन्य सामग्रीहरू यथावत छन् भने प्रत्येक दिनको विवरण रहेको ल्यापटपमात्र चोरी भएको बताइएको छ । विवरण सङ्कलनमा खटिएका कर्मचारीहरू प्रत्येक बेलुका सामानसहित करिब एक किमिको दुरीमा रहेको सिलवटिया गाउँमा बस्न जाने गरे पनि बुधबार कर्मचारी हेमनाथ ढकालले कार्यालय कोठामै छोडेर गएपछि ल्यापटप चोरी भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया