ताजा अपडेट »

नेपाली फुटसल टोली इरान पुग्यो, पहिलो खेल ताजकिस्तानसँग

सोमबार, ०४ कार्तिक २०७६

कार्तिक ४,
काठमाडौँ । एएफसी कप फुटसल च्याम्पियनसिप छनोट खेल खेल्ने नेपाली राष्ट्रिय फुटसल टोली इरान पुगेको छ। पूर्वराष्ट्रिय फुटबल खेलाडी विजय गुरुङको कप्तानीमा रहेको १४ सदस्यीय टोली नेपाली समयअनुसार सोमबार दिउँसो १:३० बजे इरानको उर्मिया पुगेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान ९:३० बजे कतार एयरवेजबाट उडेके नेपाली टोली देहा हुँदै इरानको इमाम खोमेइनी एयरपोर्ट मध्यरात १२:४५ मा अवतरण भएको थियो। त्यसपछि ११ घण्टा सडकमार्ग हुँदै उर्मिया पुगेको हो।

प्रतियोगिताको दुई दिनअघि नै इरान आइपुगेको नेपाली टोलीले इरानमा सेन्ट्रल तथा दक्षिण एसियाली छनोटका खेल खेलाइने भेन्युमा दुई दिन प्रशिक्षण लिनेछ। एएफसीको नियम र इन्डोर खेल भएकाले टोली दुई दिनअघि नै इरान आइपुगेको प्रशिक्षक विष्णु गुरुङले जानकारी दिए।हामिले नेपालमा खुला मैदानमा प्रशिक्षण लिएका थियौं। यहाँ इन्डोर खेल्नुपर्ने छ,' प्रशिक्षक गुरुङले भने, 'हामीले एक दिन यहाँ प्रतियोगिता सञ्‍चालन हुने भेन्युमा प्रशिक्षण लिने छौं। जसले खेलाडीलाई इन्डोरको वातावरणसँग छिटो घुलमिल हुन सहज हुने छ।' लामो समय नेपाली फुटबलको अनुभव बटुलेका र युवा खेलाडीसमेत टोलीमा रहेकाले नतिजामा सुधार आउनेमा विश्वस्त रहेको प्रशिक्षक गुरुङको भनाइ छ। समूह ए मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सरुवात गर्ने छ। त्यस्तै दोस्रे खेल २४ तारिखमा उज्वेकिस्तान र तेस्रो खेल २५ तारिखमा अफगानिस्तानसँग खेल्ने छ।