ताजा अपडेट »

काठमाडौंबाट बजार बिस्तार गर्दै रिजाल फुड् एण्ड वेभरेजेज

विहीबार, ०८ पुस २०७८

काठमाडौं । काठमाडौं उपत्यकाभित्र रिजाल फुड् एण्ड वेभरेजेज प्रा. लि.ले आजदेखि औपचारिकरूपमा आफ्ना उत्पादनहरूको बजारीकरण गर्ने भएको छ। चितवनमा अत्याधुनिक प्रविधिसहितको कारखाना रहेको र करिब २०० जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको कम्पनीले दालमोठ, भुजिया, आलु भुजिया, आलु चिप्स, मुङ्ग दाललगायतका उत्पादन गर्दै आएको छ ।

कम्पनीले सीमित उत्पादन क्षमताका कारण काठमाडौंको भाटभटेनीलगायत सुपरमार्केटहरूमा मात्र बिक्री वितरण गर्दै आएको थियो ।अहिले उत्पादन बढाएर नेपालभर बजार विस्तार गर्न लागिएको हो । विगत ३४ वर्षदेखि स्वदेशी बजारमा प्याकेजिङ स्न्याक्स नमकिन उत्पादनहरू गर्दै आएको कम्पनीका प्रवन्धक निर्देशक पुरुषोत्तम रिजालले जानकारी दिए ।

आन्तरिक बजारको करिब ४० प्रतिशत खपत हुने गरी उत्पादनहरू लिएर अत्यन्त उत्साहका साथ काठमाडौंको बजारमा प्रवेश गर्न लागेको कम्पनीका प्रमुख बिक्री प्रबन्धक प्रितम रिजालले बताए ।