गुल्मी । ‘सानो खरको झुपडीमा जन्मिए, चुहिने झुपडीका कारण ओढारमा हुर्किए, १३ वर्षको उमेरसम्म मेरो खुट्टामा चप्पल थिएन, खाली पैतला त्यो बाल्यपनदेखि नै भारी बोकेको थिएँ ’ यो भनाई हो अहिले दर्जनौं आलिशान महलका मालिक बाग्लुङ्गको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको । उनको बाल्पन त्यसरी नै बितेको उनी स्वयमले मात्रै भन्दैनन्, प्रत्यक्ष देख्ने र कठै विचराको त्यो कहालिलाग्दो बालापन भन्ने बुढापाका अझै छन् उनी जन्मेको थलो वुर्तिबाङ्गमा ।
उनैले १३ वर्षको उमेर देखि छिमेकी जिल्ला गुल्मीको सदरमुकामबाट भारि बोकेर पसल गर्न सुरु गरे । त्यही पसल पनि ठूला ब्यापारिहरुको चेपुवामा परेर धेरै चल्न सकेन । ऋण लागेर बैंकको लिलामीमा परि पोखरा तिर हानिएका देवकुमारले गर्नु संघर्ष गरेर त्यही वुर्तिबाङ्ग बजारमा साढे सात तले, अत्याधुनिक सुविधा सम्पन्न महल बनाए, जुन भवनमा अहिले होटल दरबार सञ्चालन भइरहेको छ । त्यसको छतमा हेलिप्याड छ ।
त्यहीबाट कुनै जनता बिरामी परे हेलिकप्टरले सुविधा सम्पन्न् अस्पतालमा पुराउँछ । ढोरपाटन घुम्नका लागि देशीविदेशी मानिसहरु पनि आउने जाने गरेका छन् । उनी अहिले पनि त्यो बालान सम्झीदै गहभरी आँशु पार्दछन् । केहि दिन अघि उनै मेयर नेपालीको कार्यकक्षमा हामीले क्यामरामा उनको बाल्यपनको भोगाई रेकर्ड गरिरहँदा उनले भक्कानो छाडेका थिए । वुर्तिबाङ्गमा मैले सानो किराना पसल राखेँ । तर, मेरो पसलबाट चिनी र तेलहरु किन्न दिइएन, छुइन्छ भन्थे ।
त्यस पछि मैले अरुले २५ रुपैयाँ किलो चिनि बेच्दा मैले २० रुपैयाँ किलोमा बेचेको थिएँ । सस्तो भए पछि त्यही छुईने माल छुईन छाड्यो । जब उनी त्यहाँको एउटा सहकारीको ऋणले तुम्म भए त्यस पछि उनी बाटो पुल लगायतको ठक्का पट्टा सुरु गरेको स्वीकार गर्छन । कसैलाई मारेर ठगेर खाइन् तर गर्न मिल्ने सबै काम गरेर यहाँ सम्म आई पुगेको हुँ , उनले भने कमाएको अधिकांस रकम समाज सेवामा लगाएको छु ।
उनले आफू गरिब भएका कारण पढ्न नपाएको बताउँदै त्यहाँका गरिव दलितहरुका छोरा छोरीको शिक्षामा प्रशस्त पैसा खर्च गरेका छन् । गत १० वर्षदेखि एउटै ब्यक्ति नेपालीले ८० जना शिक्षकहरुलाई मासिक तलव खुुवाएर विद्यालयमा राखेका छन् । प्रत्येक बिद्यालयमा कम्युटर शिक्षा, खेल मैदान, आवश्यक भवन सहितको गुणस्तरिय शिक्षा उनको ढोरपाटनवासीका लागि उपहार बनेको सरोकारवाला सुनाउँछन् ।
जनताको विपदमा देवकुमार साक्षरथा देवताको रुपमा उद्धारमा जुट्छन् । तीन वर्ष अघि ढोरापाटन भ्यालीको नभि गाउँमा भिष्ण आगोलागि भएर ४८ घर जलेर नष्ट भयो । नगरपालिका र आफु ब्यक्तिको खर्चले उनले तत्कालन त्यो गाउँको पुनरनिर्माण गरि दिए । जस्ता पाता र शौचालय निर्माण आफू ब्यक्तिले गरे । अरु नगरपालिकाले सम्पन्न गरि दियो । त्यो गाउँ पुरै गरिव दलित बस्ती हो । त्यो सम्पन्न नभए सम्म उनी त्यही काममा जुटे । एक बर्ष अघि भुजिखोला बाढि पहिराले डेढ सय वटा घर कटेर बगायो । वुर्तिबाङ्ग ढोरपाटन सडक बगरमा परिणत भयो । २० जनाको मृत्यु भयो । १५ जना अझै वेपत्ता छन् ।
त्यस विपदमा पनि उनी त्यसरी नै खटे । भिरमा आफु बाटो बनाएर खरको गाँज समातेर हामी त्यति बेला पुगेका थियो । अहिले त्यस गाउँको पुनरनिर्माणमा नमुना काम भएको देख्न सकिन्छ । हामी हालै वुर्तिबाङ्ग देखि माथी ढोरपाटन सम्मको सडक यात्रा गरेर आयौं । अव त्यो सडक कालोपत्रे हुने तयरीमा छ । विस्थापित वस्ती मध्ये ९७ वटा घर बनेर पनि बुझाई सकिएको मेयर नेपालीले बताए ।
भूकम्पबाट भत्तेका घरहरु अन्य स्थानमा बन्न नसकिरहेको बेला ईच्छा शक्ति भए छिट्टै बन्छ भनेर उदाहरण दिने थलो बनाएका छन ढोरपाटनलाई मेयर नेपालीले । तुरतुरेले बडिगाड खोला नै थुनी दियो । त्यसको त्यसको उद्धार र सडक मर्मत सम्भारमा पनि मेयर नेपाली अब्बल भए । उनले कार्यभार सम्हाले लगतै पानीको हाहरकारमा भोग्दै आएका ढोरपाटनवासीलाई त्यो अभावबाट मुक्त पारि दिए ।
माथी ढोरपाटन देउरालीबाट ३० किलो मिटर दुरीबाट खानेपानीको योजन सम्पन्न गरे । त्यस्ता कैयो योजन सम्पन्न गरि ९० प्रतिशत खानेपानी समस्या समधान गरेको प्रति उनी खुशी ब्यक्त गर्दछन् । अधिकांस सडकको स्तरबृद्धि, ठाउँ ठाउँमा पुल कलभर्टको अभावपुर्ति उनको कार्याकाल मै हुन सक्यो ।
कंैयौ युवा कल्व र आमा समुहका भवनहरु उनकै कार्यकालमा बन्न सकेका छन् । विद्यालय भवनको अभावमा चौरमा बसेर विद्यार्थीहरुले पढ्थे त्यस्ता विद्यालयमा यति बेला चिटिक्क परेका भवन बनेका छन् । विरामीलाई र बृद्ध बृद्धाहरलाई उपचारमा सहुलियत, अन्य अस्पताल सम्म पुराउन निःशुल्क एम्वुलेन्सको ब्यवस्था उनकै पालामा हुन पुग्यो ।
गरिव किशानहरुलाई ब्यवसायिक कृषिसंग जोडेर आय आर्जनको बाटोमा लगाईएको उनको भनई छ । ६० प्रतिशत दलित समुदाय रहेको ढोरपाटनमा उनले शिक्षा र जनचेतना मुलक कार्यमा जोड दिएको बताए । मैले जे बोल्छु त्यही गर्छु । नसक्ने कुरा गर्दिन । जति सकिन्छ उति बोल्छु ,मैले चुनाव ताका जे जे गर्छु भनेको थिएँ ति सबै पुरा गरेको छु, मेयर नेपालीले भने ।
ढोरपाटनलाई पर्यटकिय क्षेत्रको हब बनाउने उनको प्रयास जारी छ तर कोभिड महामारीले उनले सोचे जस्ताृे प्रगति हुन नसके पनि केहि न केही पयृटकहरु बढेको र अब बढ्ने उनले बिश्वास लिएका छन् । ४० औं बर्ष सम्म हुन नसकेको विकास निर्माण पछिल्लो चार बर्ष मै भएको त्यहाँका जनप्रतिनिधीहरुको दावी छ । ढोरपाटन नगरपालिका बने पनि अत्यन्तै विकट गाउँ हो । जहाँका कतिपय वडामा बर्षयाममा गाडी गुड्दैनथे । अहिले बाह्रै मासा सबै वडामा गाडी पुग्ने गर्दछन् । कुनै पनि ढोरपाटनवासीले कुनै दुख विमार वा कुने विपदमा परेको उनले थाह पाए तत्काल उद्धारमा जुटनुलाई उनले आफ्नो कर्तब्य ठान्छन र गर्छन ।
बाल्यपनको गरिब अनेकन अभाव झलेका नेपालीका बाबुले हातकल बाट कपडा सिलाउने पेशा गरेर उनलाई हुर्काएका थिए । तिब्बतियन मुलकी श्रीमति विवाह गरे पछि उनको घरमा लक्ष्मी पसे झैं भाग्य खुलेको कतियले भन्ने गरे पनि उनी आफ्नो संघर्ष कै कारण यहाँसम्म आई पुगेको र समाज सेवामा पनि सबैको मन जित्न सकेको त्यहाँ पुगेर बुझ्न सकिन्छ ।
प्रतिक्रिया