ताजा अपडेट »

बेलायमा एकै दिनमा १ लाख कोभिड संक्रमति

विहीबार, ०८ पुस २०७८

लन्डन । बेलायतमा कोभिडबाट एकै दिन अहिले सम्मकै उच्च संख्यामा संक्रमित भएका छन् ।  पछिल्लो तथ्यांक अनुसार १ लाख ६ हजार १२२ जनालाई कोभिड भएको छ । ती मध्ये १३ हजार १ सय ८१ जना ओमिक्रोनबाट संक्रमित छन् । बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७४ हजार नाघेको छ । 

पछिल्लो २४ घण्टामा बेलायतमा १४० जनाको कोभिडबाट ज्यान गएको छ । ८ हजार भन्दा बढी कोरोना संक्रमणका कारणले अस्पताल भर्ना भएका छन्  । ती मध्ये ८४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।