ताजा अपडेट »

छैटौँ लुम्बिनी महोत्सव-२०७८ भैरहवामा माघ २६ देखि

बुधबार, ०७ पुस २०७८

भैरहवा । छैटौँ लुम्बिनी महोत्सव–२०७८ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सव ) माघ २६ गते देखी भैरहवामा हुने भएको छ । उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफकमर्श) रुपन्देहीको आयोजनामा आगामी माघ २६ देखि फागुन ८ गतेसम्म मेला आयोजना हुने संगठनले जनाएको छ ।

यस अघि नै हुने गरेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित अञ्चलपुरमा महोत्सव आयोजना गर्न लागिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । महोत्सवको तयारीमा लागेको मेला मूल आयोजक समितिले बुधबार बैठक सम्पन्न गरेको छ । बैठकले मेला सम्पन्न गर्नका लागि ४१ सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको संगठनका महासचिव सचिन रोक्काले बताए ।

जस अन्तर्गत मेला मुल आयोजक समिति संयोजकमा अनिलकुमार ज्ञवाली, मूल आयोजक समिति सह–संयोजक तथा सांस्कृतिक र व्यवस्थापन उपसमिति संयोजकमा नारायण प्रसाद भण्डारी, अनुगमन तथा मुल्यांकन उपसमिति संयोजकमा खिमबहादुर खत्री, मुल आयोजक सह–संयोजक तथा सुरक्षा व्यवस्थापन उपसमितिमा दर्पण श्रेष्ठ, मुल आयोजक सह–संयोजक तथा स्टल दर्ता व्यवस्थापन उपसमितिमा रामचन्द्र रेग्मी, मुल आयोजक सह–संयोजक तथा प्रचारप्रसार र यातायात उपसमितिमा कृष्ण बहादुर गुरुङ, प्रमुख अतिथि, सरकारी कार्यालय मन्त्रालय, समन्वय समितिमा सचिवालय र सचिवालय व्यवस्थापन उपसमितिमा सचिन रोक्का रहेका छन् ।

त्यस्तै आर्थिक व्यवस्थापनमा राममिलन यादव, औद्योगिक जनचेतना ¥याली व्यवस्थापनमा टिकाराम भट्टराई, स्टल निर्माण व्यवस्थापनमा लक्ष्मण भण्डारी, परिचयपत्र तथा छपाई व्यवस्थापमा मधुसुदनअर्याल, मुल्य अनुगमनमा सुरेन्द्र त्रिपाठी, गेट टिकट व्यवस्थापनमा सुरेन्द्र पाण्डे, विज्ञापन व्यवस्थापनमा केशवराज ज्ञवाली, मुद्रण डिजाइनर तथा छपाई व्यवस्थापनमा दिनेश गुप्ता, खानानास्ता व्यवस्थापनमा पिताम्बर न्यौपाने, पर्यटन प्रवद्र्धन व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण गुरुङ र सह–संयोजकमा राजेश महोत्रा रहेका छन् ।

त्यस्तै स्थानीय बजार प्रवद्र्धनमा जीवन ज्ञवाली, कुस्ती व्यवस्थापनमा प्रभु यादव, प्रमाणपत्र तथा मायाको चिनो उपसमितिमा बिन्दु न्यौपाने, खानेपानी तथा सरसफाईमा गौतम कुमार गुप्ता, अटो स्टल व्यवस्थापनमा धिरज मल्लिक, भैपरी आउने उपसमितिमा भोला क्षेत्री, विज्ञान, प्रविधि तथा आईटी व्यवस्थापनमा सन्तोष शुक्ला, स्थानीय कलाकार व्यवस्थापनमा माया खनाल, गेट मञ्च सचिवालय सजावटमा मिनिता थापा, श्रव्य दृश्य व्यवस्थापनमा विष्णु उपाध्याय, विद्युत व्यवस्थापनमा प्रकाश श्रेष्ठ, होटल स्टल व्यवस्थापनमा कृष्ण प्रसाद पाण्डे, अतिथि सत्कारमा उषाकिरण गुरुङ, खेलकुद व्यवस्थापनमा यादव प्रसाद आचार्य र पार्किङ व्यवस्थापनमा रामअवध गुप्ता रहेका छन् ।

त्यसै गरी कृषि स्टल व्यवस्थापनमा राम प्रसाद भण्डारी, स्मारिका प्रकाशनमा लक्ष्मी अधिकारी, प्राथमिक उपचारमा राम प्रसाद सापकोटा, आन्तरिक लेखा परीक्षणमा बाबुराम भट्टराई, बालउद्यानमा गणेश प्रसाद बेल्बासे, प्रायोजक, सह–प्रायोजक, स्पोन्सर व्यवस्थापनमा दिनेश अग्रवाल, टेन्ट, साउण्ड व्यवस्थापनमा शिकन्दर अली धुनिया र प्रेस सहजीकरण उपसमितिमा रबिन्द्र गुप्ता रहेका छन् ।

त्यस्तै मेला सम्पन्न गर्नका लागि १५ सदस्यीय सचिवालय समिति तथा ९ सदस्यीय मूल स्टेरिङ्ग समिति गठन गरिएको संगठनका सचिव तथा प्रवक्ता लक्ष्मण भण्डारीले जानकारी दिए ।