कार्तिक ४,
काठमाडौं । ओपोले रेनो सिरिजको नयाँ फोन ‘रेनो टु एफ’ नेपालमा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको रेनो टु एफले आफ्नो फिचरमा धेरै सुधार गरेको छ । यसको क्यामेरा निकै विकसित छ । ओपोको रेनो सिरिजको मोबाइलहरुले विश्वव्यापी रुपमा धेरै लोकप्रियता कमाइरहेको छ । हाल सम्म रेनो सिरिजको ३ वटा मोबाइल सार्वजानिक भैसकेका छन् । जसमा रेनो टु एफ, ओपो रेनो टेन एक्स लगायत रहेका छन् ।
यस मोबाइलमा क्वाड अर्थात चारवटा क्यामेरा सेटअप गरिएको छ । फोनमा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ६ एमपी वाइड एन्गल लेन्स, एउटा मोनो लेन्स र २ एम पी पोट्रेट लेन्स रहेको छ । फोनको क्यामेरामा भएको यस्तो सुविधाले प्रोफेशनल लेभलको फोटो र भिडियो खिच्न सकिन्छ । क्यामेरामा १.७१ को एपर्चर र १÷२.२५ को सेन्सर हुन्छ । रेनो टु एफको डिजाइन ओपो रेनो र ओपो रेनो टेन एक्स जुमको जस्तै छ तर केहि परिवर्तन भने उक्त फोनमा देख्न सकिन्छ । सो फोनको डिजाइनको मुख्य आकर्षण भनेको यसमा भएको पोप अप क्यामेरा हो जो सार्क फिन सेगमेन्टको रुपमा रहेको छ । रेनु टु एफमा ६.५ इन्चको एमोलेड स्क्रीन छ । पछिलो रेनो सिरिजको एसपेक्ट रेसियो १९ः९ थियो भने रेनो टु एफको एसपेक्ट रेसियो २०ः९ रहेको छ । त्यसैगरी फोनको रेजुलुसन १०८०*२४०० रहेको छ ।
विशेष गरी गेमरसहरुलाई मध्यनजर गरेर ओपोले आफ्नो नयाँ फोनमा ४ हजार एमएच (टिवाईपी) जडान गरेको छ । यसो हुदाँ अब गेर्मसहरुले फोनमा थोरै चार्ज हुँदा पनि बिना कुनै अवरोध सहज तरिकाले गेम खेल्न सक्नेछन ।ब्याट्रीको क्षमतालाई झन मजबुत बनाउन ओपोले यस फोनमा भोक फ्ल्यास चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । त्यसैगरी फोनमा भएको फास्ट चार्जिङ अल्गोरिथमले मात्र ३० मिनेटको समयमा ५२ प्रतिशत चार्ज गर्ने क्षमता राख्दछ । तुलनात्मक हिसाबमा रेनो टु एफमा पछिल्लो संस्करणहरुमा भन्दा अझ तीब्र हिडन फिंगरप्रिन्ट अनलक ३ं.० उपलब्ध छ । लिंक बुष्ट, गेम बुष्ट २.०, डल्बि एट्मस, कलर ओएस ६.० र ओपो सेयर फोनमा भएका केहि आर्कषक फिर्चसहरु हुन । नेपाली बजारमा रेनो टु एफ दुईवटा आर्कषक रंगहरु लेक ग्रीन र स्काइ ह्वाइटमा उपलब्ध छन । नेपाली बजारमा यसको मुल्य ४६ हजार ९९० रुपैयाँ तोकिएको छ । - साझापोष्ट
प्रतिक्रिया