बुटवल । बुटवल स्थित कालिका मानवज्ञान माबिका छात्राहरुले खेतबारिमा औषधि छर्ने स्प्रे साईकल बनाएका छन । साइकलका पाटपुर्जा र औषधि छर्कने पम्पको प्रयोग गरि १० कक्षामा अध्ययनरत छात्राहरू सुजाता ज्ञवाली, निर्देशिका थापा, सुवेच्छा थापा क्षेत्री र सृजना खनालले उक्त साइकल स्प्रे बनाएका हुन ।
यो साइकल गुडाउदा यसमा भएको पम्पले चारैतर्फ तरल पदार्थ छर्न सक्छ । साइकल गुडाउदा स्वचालित रुपमा पम्पमा चाप बढ्ने भएकोले तरल पदार्थ छर्नको लागि बाहिरी शक्ति आवस्यक पर्दैन । यी उपकरण खेतवारिमा विषादी छर्कन, धुलो नियन्त्रणको लागि पानी छर्कन उपयोगी हुने विद्यार्थी सुजाता ज्ञवाली बताउछिन ।
विद्यार्थीले बनाएको साइकल स्प्रेलाई कालिका मानवज्ञान माविमा आयोजित विज्ञान प्रदर्शनिमा राखिएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसिले विज्ञान प्रदर्शनीको अवलोकन गर्दै विद्यार्थीहरुले गरेका नया अविस्कार किसानको लागि बरदान हुने कुरा बताए । कालिका मानवज्ञान माबिको ६१ औं वार्षिकोत्सबको अवसरमा विज्ञान प्रदर्शनी राखिएको थियो ।
कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुले बनाएका विभिन्न २०० किसिमका सामग्री र प्रविधिहरु प्रर्दशनीमा राखिएको थियो ।
प्रतिक्रिया