ताजा अपडेट »

कालिकाले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने जनशक्ति उत्पादन गर्नुपर्छः मुख्यमन्त्री केसी

बुधबार, ०७ पुस २०७८

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने जनशक्तिहरु उत्पादन गर्नु पर्ने बताएका छन् । नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुक नभएको बताउँदै कालिका मानवज्ञान जस्ता विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने जनशक्तिहरु उत्पादन गर्नु पर्ने बताएका हुन्।

कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६१ औँ बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित मुल समारोह कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले भने ‘नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुक होइन् । हामीसँग कालिका जस्ता विद्यालयहरुबाट डाक्टर, पाइलट, इन्जिनियर यहि उत्पादन गरेर आफ्नै गाउँ घरका आमा-बुबा, दाजुभाई, दिदी बहिनीहरुको सेवामा समर्पित हुने शिक्षार्थीहरु यहिबाट पैदा गर्न सकऔँ ।’

मुख्यमन्त्री केसीले कालिका मानवज्ञानबाट अन्य विद्यायलले पनि धेरै कुरा सिक्न सक्ने बताउँदै विद्यालयको शिक्षा र भौतिक विकासका लागि राज्यले आवश्यक सहयोग गर्ने बताए । ‘कालिका मानवज्ञान प्रदेश र राष्ट्रकै प्रतिस्पर्धामा आएर आज कालिकालाई पूर्व मेची र पश्च्मि महाकालिसम्मबाट केही नमुनाको रुपमा आत्मसाथिकरण भएको छ । यस विद्यालयको शिक्षा र भौतिक संरचनामा गुणात्मक परिर्वतनका लागि राज्यले जति लगानी गर्नुपर्छ त्यो गर्छ ।’-उनले भने ।

मुख्यमन्त्री केसीले शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा विचार धाराले भन्दा पनि मुलुकको अभिष्ट लक्ष्यले धेरै ठूलो काम गर्ने बताएका छन् ।