ताजा अपडेट »

कालिकाका पूर्वप्रध्यानध्यापक पाठक ‘महाउज्जवल कालिका दिप पदकद्वारा विभूषित

बुधबार, ०७ पुस २०७८

बुुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयका पूर्व प्रध्यानध्यापक धनश्याम पाठक ‘महाउज्जवल कालिका दिप पदक–२०७८’ द्वारा विभूषित भएका छन् ।

विद्यालयको ६१ औं वार्षिकोत्सब अवसरमा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष होम बहादुर गलामीले दोसल्ला ओडाएर पाठकलाई ‘महाउज्जवल कालिका दिप पदक–२०७८’ द्वारा बिभूषित गरेका हुन् ।

पाठकले जीवनको उर्जाशिल समय विद्यालयको शैक्षिक, भौतिक क्षेत्रको बिकासमा पुराएको योगदानको कदर गर्दै सो पदकबाट विभूषित गरिएको हो । २०५५ साल पुस १ गते साविकको कालिका माध्यमिक विद्यालयको अध्यापन पेशामा प्रवेश गरेका पाठक २०६५ साल साउन ५ गते विद्यालयको प्रध्यानध्यापकमा नियुक्त भएका थिए ।

पाठक २०७७ साउन ५ गते प्रध्यानध्यापकबाट अवकाश पाएका थिए । पाठक प्रध्यानध्यापक भएर विद्यालयको नेतृत्व लिए पछि विद्यालयको शैक्षिक सुधारले पड्को मारेको थिए ।