ताजा अपडेट »

१ लाख ४२ हजार ९४० सहित १८ जना जुवाडे प्रक्राउ

सोमबार, ०४ कार्तिक २०७६

कार्तिक ४,

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले आइतबार राति जुवा खेलिरहेका १८ जना पक्राउ गरेको छ ।

प्रहरीले राति साढे १ बजेको समयमा देवचुली नगरपालिका –६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक डीएसपी अर्जुन रानाभाटले जानकारी बताए । जुवा खेलिरहेको ठाउँबाट प्रहरीले १ लाख ४२ हजार ९४० रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका १८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइराखेको प्रहरी नायव उपरीक्षक रानाभाटले बताए ।