ताजा अपडेट »

रुपन्देहीको सैनामैनाका ७३ वर्षीय टेकलाल ३ दिनदेखि सम्पर्कबिहीन

मंगलबार, ०६ पुस २०७८

बुटवल । रुपन्देहीको सैनामैनाका एक बृद्धा सम्पर्कबिहीन भएका छन् । सैनामैना नगरपालिका–७ देवापारका ७३ वर्षीय टेकलाल पौडेल ३ दिनदेखि सम्पर्कबिहीन भएका हुन् ।

घरबाट कसैलाई पनि जानकारी नगराई हिडेको र हालसम्म सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले खोजि कार्य गरिदिन सबै सम्बन्धीत निकायलाई आग्रह गरेका छन् ।

यस्तै कसैले कहि कतै देखे नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन गर्न परिवारले सबैलाई आग्रह गरेका छन् ।