बुटवल । नवलपरासी(पूर्व)मा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । सरस्वती उच्च माविका शिक्षक वीरेन्द्र कुमार चौधरी सोमबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
नवलपरासी पूर्व सरावल गाउँपालिका–६ घर भई हाल कावासोती नगरपालिका–१७ गोछडा डेरा गरी बस्ने ५२ वर्षीय चौधरी आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । चौधरीको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै रुकुम पश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका ३० वर्षीय बिजय परियार सोही नगरपालिका–१ पातीहाल्नेस्थित बाटोमा सोमबार मृत अवस्थामा फेला परेका परेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया