ताजा अपडेट »

परीक्षामा चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि कुटपिट

मंगलबार, ०६ पुस २०७८

काठमाडौँ । चिट चोर्न नदिएको भन्दै विद्यार्थीले शिक्षकलाई कुटेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसले लिएको स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले चिट चोर्न नदिएको भन्दै शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।

परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ । ब्याचलर इन सोसल वर्क पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ भने उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि लगिएको छ । आक्रमण गर्ने विद्यार्थी फरार छन् ।