भैरहवा । नया भाईरसको रुपमा पहिचान गरिएको कोभिड–१९ को नया ओमिक्रोन भेरिएन्टबाट जोगिन नेपाल भारतको सीमामा उच्च सर्तकता अपनाईएको छ ।
भारतसंग जोडिएको रुपन्देहीको बेलहिया नाकामा उच्च सर्तकता अपनाईएको र यसबाट अहिले नै त्रसित हुने अवश्था नरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको भनाई छ । तिवारीले सीमामा उच्च सर्तकता संगै सचेतना सम्बन्धि काम पनि अगाडी बढाईएको बताए । तिवारीे यस बिषयमा पूर्वतयारीहरु गरिएको बताए । यस्तै बेलहिया नाकाबाट धेरै यात्रुहरुको आवातजावत भई रहेको हुदा पूर्व सचेतना स्वरुप उनिहरुको निगरानी गर्ने, स्वास्थ्य परिक्षण गर्ने र पिससिआर र खोप लगायतका कागजातहरु चेकजाँच गरि मात्र प्रवेश दिई रहेको जानकारी दिए ।
एन्टिजेन परिक्षणमा पोजिटिभ देखिए त्यसको थप ब्यवस्थापन गर्दै आएको उनको भनाई छ । पूर्व तयारी र सचेतना तथा निगरानी राम्रो रहेको कारण अहिले नै नया भाईरसबाट आत्तिई हाल्नु पर्ने अवश्था नरहेको बताए । “अहिले सम्मको स्थिति हेर्दा सीमा क्षेत्रमा त्यस्तो धेरै समस्याहरु देखिएका छ्र्रैनन् त्यसकारण अहिले नै आत्तिहाल्नु पर्ने अवश्था छैन, तर जनस्तरबाट पनि यस सम्बन्धि सावधानी आवश्यक छ ।” तिवारीले भने
बेलहिया नाकामा दैनिक रुपमा औषतमा २ सय देखी २ सय ५० जना सम्मको एन्टिजेन परिक्षण भई रहेको र पोजिटिभको संख्या न्यून रहेको बेलहिया हेल्थ डेस्कको भनाई छ ।
बेलहियामा रहेको हेल्थ डेस्कका ओमनाथ चौधरीका अनुसार सीमामा दैनिक अढाई सयको हाराहारीमा एन्टिजेज परिक्षण गरिए पनि सातामा एक दुई जनाको मात्र नतिजा पोजिटिभ आउने गरेको छ । यस्ता पोजिटिभ आउनेलाई माथिल्लो निकायसंगको सहकार्यमा होम आईसोलेसन देखी अस्पताल सम्ममा ब्यवस्थापन गर्ने गरिएको छ ।
प्रतिक्रिया