ताजा अपडेट »

क्यानको भावी योजना बनाउन विभिन्न समिति गठन

आइतबार, ०३ कार्तिक २०७६

कार्तिक ३,
काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन विभिन्न समितिहरु गठन गरेको छ । क्यान केन्द्रिय कार्य समितिको आईतबार काठमाडौंको मूलपानीस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकले क्यानको भावी योजनाहरु तय गर्न प्रतियोगिता समिति, प्राविधिक समिति, मिडिया समिति र आर्थिक समिति पनि गठन गरेको हो ।

प्राविधिक समितिमा सञ्जयराज सिंह, आर्थिक समितिमा रोशनबहादुर सिंह, प्रतियोगिता समितिमा प्रशान्त मल्ल र संचार समितिमा अशोकनाथ प्याकुरेललाई संयोजक तोकिएको छ । क्यानमा भावी योजना तय गर्न ती समितिहरुलाई जिम्मेवारी पनि दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । बैठकले कप्तान पारस खड्काले दिएको राजीनामाको विषयमा भने कुनै निर्णय गरेन ।