ताजा अपडेट »

लुम्बिनी फलफुल थोक व्यवसायी संघ रुपन्देहीको स्थापना दिवसमा रक्तदान

शनिबार, ०३ पुस २०७८

बुटवल । लुम्बिनी फलफुल थोक व्यवसायी संघ रुपन्देहीले वार्षिक कार्यक्रम तथा १५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान, सेवा नै धर्म हो’-भन्ने मूल नाराका साथ बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा आयोजना गरिएको कार्यक्रमकामा ५९ जनाले रक्तदान गरेका छन् ।

संघका अध्यक्ष बाबुराम भुसालको अध्यक्षता तथा वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी फलफुल तथा थोक व्ययवसायी संघका संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार केन्द्रका अध्यक्ष घनश्याम भुसालको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष जगदिशचन्द्र आचार्यले लुम्बिनी फलफुल व्यवसायी संघले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दै आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा संघका निर्वतनमा अध्यक्ष केशव कुँवर, पूर्व अध्यक्ष वजिर शाह, सल्लाहकार कृष्ण प्रसाद पोखरेल, सुरेन्द्र कुमार कान्दु, अधिवक्ता कृष्ण प्रसाद पाण्डे, कृष्ण प्रसाद खनाल, राधा कृष्ण टोल विकास संस्थाका अध्यक्ष यादव गैरे लगायतको आतिथ्यता रहेको थियो । संस्थाका महासचिव मेघनाथ पौडेलको सञ्चालनमा भएको कार्यक्रमको संयोजन मोहमद् याकुवलले गरेका थिए ।

कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र बुटवलका प्राविधिक सन्दीप पाल, गणेश खनाल, रचना कुमालको सहयोग रहेको थियो । संघले यहि पुस १२ गते  १५ औ स्थापना दिवस मनाउदै छ ।