बुटवल । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुटवलमा आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवामा प्रधान कार्यालय रहेको सहकारीले शनिबार आफ्नो १६ वार्षिउत्सवको अवसरमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको हो ।
सेवा केन्द्रको जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले उद्घाटन गरे । सो अवसरमा बोल्दै तुलाचनले देशको आर्थिक क्षेत्र चलायमान बनाउन सहकारीले ठूलो योगदान पु¥याएको बताए । सहकारीका अध्यक्ष ज्ञानुु पौडयालले छिट्टै बुटवल तामनगर र सैनामैनाको मुर्गियामा पनि सेवा केन्द्र सञ्चालनको तयारी रहेको बताइन् । उले वित्तीय पहुँचबाट बाहिर टाढा रहेकाहरुलाई शेयर सदस्य बनाउने आफूहरुको कार्यक्रम रहेको बताइन् ।
जनउत्थानले जिल्ला विभिन्न ठाउँमा गरी ८ वटा सेवाकेन्द्र सञ्चालनमा ल्याइसकेको छ । सहकारीको शेयर पूँजी २३ करोड र कूल पूँजी २ अर्ब ४५ करोड रहेको छ । सहकारी अभियान्ता कृष्ण प्रसाद नेपालले सहकारीबाटै ग्रामीण अर्थतन्त्र सबल बनाउन सकिने बताए ।
प्रतिक्रिया