बुटवल । कालिका मानवज्ञान माविको ६१ औं वार्षिकोत्सवको अवसरमा यसै वर्षदेखि शुरु गरिएको जिल्ला स्तरीय कालिका रनिङ शिल्ड खेलकूद प्रतियोगिता शुक्रबार शुरु भएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार छात्रा छात्र ज्याभलिङ थ्रोको फाइनल भएको छ ।
छात्रातर्फ सेन्ट जिसेफ इंगलिस स्कूलका शौरभ थारु, कालिका मानवज्ञान माविका विशाल पराजुली र न्यू इन्भाइरोमेण्ट स्कूलका वसन्त गुरुङले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् भने छात्रातर्फ एभरेस्ट इंगलिस बोर्डिंङ स्कूलकी छात्रा निशा चौधरी, कालिका मानवज्ञान माविकी तृष्णा मगर र तिलोत्तमा मावि फर्साटिकरकी रिया राना मगर क्रमश प्रथम, द्वितीय र तृतिय भएका छन् ।
आजै भलिवल खेल अन्तर्गतका छात्र समुहका पहिलो चरणका प्रतिष्पर्धा समेत भएका छन् । उक्त प्रतिष्पर्धामा सिद्धार्थ बोर्डिङ स्कूल, सेन्ट जोसेफ इंगलिस बोर्डिङ स्कूल, दिप बोर्डिंङ स्कूल, कान्ति मावि, सिता माबि, उजिरसिंह मावि र कालिका मानवज्ञान मावि दोश्रो चरणमा प्रवेश गरेका छन् ।
आजै संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले विद्यालय भ्रमण गरी विद्यालयले गरेका असल अभ्यासहरुको जानकारी लिनुका साथै कबड्डी प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
आज भएको छात्रातर्फको कबड्डी प्रतियोगितामा न्यू इन्भाइरोमेण्ट बोर्डिङ स्कूल, शान्ति नमुना मावि, मोतिपुर मावि, कालिका मानवज्ञान मावि, होराइजन गौतमबुद्ध बोर्डिङ स्कूल, नवज्योति बोर्डिङ स्कूल र जनजागृति मावि विजयी भएर दोश्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया