गुल्मी । पछिल्लो चरण गुल्मीको पत्रकारिता क्षेत्रका मानिसहरु पनि कृषि तथा पशुपन्छि पालनको क्षेत्रमा आकर्षित हुँदै आएका छन् । ती मध्येका एक हुन् नेपाल पत्रकार महासंघ गुल्मीका सहसचिव तेजेन्द्र कुमार श्रेष्ठ ।उनले सदरमुकाम तम्घासको मोबाइल र इलोक्ट्रोनिक पसलसंगै पुर्खेयौली घर अर्घाखाँचीको छत्रदेवमा ठूलो परिमाणमा बाख्रा तथा पशुपन्छि फार्म सञ्चालन गर्दै आएका छन् । उनी आफूले मात्रै सयौं बाख्रा पालन गरेका छैनन्।
ब्यवसायीक बाख्रा पालनमा त्यहाँका कृषकहरुलाई संगठित समेत गरेका छन् । फलस्वरुव शुक्रबार छत्रदेव ब्यवसायी बाख्रापालन महासंघको प्रथम भेला सम्पन्न भई कार्य समिति चयन भएको छ । बाख्रापालन महासंघको अध्यक्षमा टोमलाल पाण्डे अध्यक्ष चयन भएका छन भने पत्रकार महासंघ गुल्मीका सहसचिव तेजेन्द्रकुमार श्रेष्ठ बाख्रा पालन महासंघको उपाध्यक्षमा चयन भएका छन्।
सचिवमा खिमबहादुर नेपाली , सहसचिव सावित्रा पन्थी, कोषाध्यक्षमा खगराज खनाल ,चयन भएका छन् । त्यस्तै सदस्यहरुमा छविलाल कुमाल , सुर्यबहादुर बिक, पदम कुमार श्रेष्ठ , रुद्रप्रसाद पौड्याल र विनिराम बञ्जाडे चयन भएका छन् । तीन जना मनोनयन गर्ने गरि १३ सदस्यीय कार्य समित बनाउने निर्णय गरिएको जनाईएको छ ।
त्यस्तै छत्रदेव पालिका स्तरिय त्यस कार्य समितिले बाख्रापालन महासंघ अर्घाखाँचीको जिल्ला अधिवेशनमा नेत्रप्रसाद गैरे, टोपलाल पाण्डे , सावित्रा पन्थी , गणेश पाण्डे , खगराज खनाल , तेजेन्द्र कुमार श्रेष्ठ र कमला भुसाललाई जिल्ला प्रतिनिधी चयन समेत गरेको छ । बाख्रापालन महासंघका केन्द्रिय सदस्य प्रकाश ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्वन्न अधिवेशनमा छत्रदेव गाउँपालिका पशु शाखा प्रमुख उमानाथ पन्थीको बिशेष आत्थ्यिता थियो ।
बाख्रापालन महासंघ छत्रदेवका कार्य बाहक संयोजक नेत्र प्रसाद गैरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा बसान्त पौड्यालको स्वागत मन्तब्य र टोपलाल पाण्डेको सञ्चालन रहेको थियो ।
प्रतिक्रिया