ताजा अपडेट »

अखिल क्रान्तिकारीद्वारा संगठन विस्तार र परिचयात्मक कार्यक्रमलाई तीब्रता

शुक्रबार, ०२ पुस २०७८

बुटवल । अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पसले संगठन विस्तार र परिचयात्मकलाई तीव्र बनाएको छ । क्याम्पसमा अध्ययन गर्न आएका नयाँ विद्यार्थीहरुका समस्या बुझ्न र ती समस्यालाई समाधान गर्नका लागि संगठन विस्तार र परिचयात्मक कार्यक्रमलाई तीव्र बनाएको क्याम्पस कमिटीका अध्यक्ष विष्णुप्रसाद ज्ञवालीले बताए ।

अहिलेसम्म स्नातक तह प्रथम वर्षका धेरै जसो सेक्शन र कक्षामा सह-ईकाइ समिती गठन गरिएको अध्यक्ष ज्ञवालीले बताए । साथै बाँकी रहेका कक्षा र सेक्शनमा पनि परिचयात्मक कार्यक्रम गर्नुका साथै संगठन बिस्तारका लागि जाने तयारी रहेको बताए । सबै कक्षामा परिचयात्मक कार्यक्रम र संगठन विस्तार गरि सकेपछि विद्यार्थीहरुका समस्या समाधानका लागि क्याम्पस प्रशासन समक्ष ध्यानाकर्षण गर्ने अध्यक्ष ज्ञवालीले बताए ।

क्याम्पस कमिटीले क्याम्पसमा रहेका समस्या समाधान गर्न लागि केही दिन अघि मात्रै ३३ बुँदे माग क्याम्पस प्रमुख खिमानन्द न्यौपानेलाई बुझाएको र परिचात्मक तथा संगठन विस्तारका क्रममा विद्यार्थीहरुका अन्य समस्या भेटिएमा समाधानका लागि ध्यानाकर्षण गराइने ज्ञवालीले बताए ।

लकडाउनका बेला भएका अनलाइन कक्षाको पहुँचमा सबै विद्यार्थीहरु नभएकाले अनलाइन कक्षाबाट बञ्चित भएकालाई भौतिक रुपमा कक्षा सञ्चालन गरी कोर्स पुरा गर्न, परीक्षाका बेला नक्कली निरीक्षक खडा गरी गरेको अनियमिततामा संलग्नहरुलाई तत्काल कार्वाही प्रक्रिया अघि बढाउन, साइन्स ल्याब निर्माण गर्दा भएको अनियमितता बारे छनबिन समिती गठन गरि कार्बाही प्रक्रिया तत्काल अगाडि बढाउन, विश्वविद्यालयबाट पार्ट टाईमलाई स्वतः करार र करारलाई स्थायी गर्ने प्रक्रियालाई त्रिवि सिनेटले गरेको निर्णय अगाडी नबढाउन पहल गर्न लगायतका ३३ बुँदे माग बुझाएको थियो ।