ताजा अपडेट »

आइतबार सार्वजनिक बिदा

शुक्रबार, ०२ पुस २०७८

बुटवल । गृहमन्त्रालयले आइतबार सार्वजनिक दिने भएको छ । गृहमन्त्रालयका उपसचिब बसन्त भट्टराईले शुक्रबार एक सूचना जारी गरी पुस ४ गते उधौली पर्वको अवसरमा देशभरका सम्बन्धीत समुदायलाई बिदा र काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने बताएका हुन् ।

‘बि.सं. २०७८ साल पौष४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही–ज्यापू (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धीत समुदायका लागि बिदा र काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने नेपाल सरकारको मन्त्रीपरिषद्बाट मिति २०७६÷०९÷२ गते निर्णय भएको हुँदा सम्बन्धीत सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।’– सूचनामा भनिएको छ ।