ताजा अपडेट »

बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

शुक्रबार, ०२ पुस २०७८

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गरेकाे ह्वाइट हाउसले बिहीबार  जनाएको छ ।

"बिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले कानूनमा हस्ताक्षर गर्नुभयो । जसले ऋण सीमा $ २.५ ट्रिलियनले बढाउने अधिकार प्रदान गर्दछ," ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउँछ। नयाँ कानुन अन्तर्गत अमेरिकी संघीय ऋण ३१.४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ। -एएनआई/