स्याङजा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । भिरकोट नगरपालिका(६ फोक्सिङ बस्ने ५० वर्षीय डबल वहादुर थापालाई बिहीबार साँझ आफ्नै श्रीमती ४५ वर्षीया कोपीला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
डबल बहादुरले कुटपिट गर्दा कोपीला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया