ताजा अपडेट »

राष्ट्रिय उद्योग व्यापार महासंघ सिद्धार्थनगरमा राम प्रसाद भण्डारी

शुक्रबार, ०२ पुस २०७८

भैरहवा । उद्योग व्यवसाय संघ, रुपन्देहीको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघ सिद्धार्थनगरमा राम प्रसाद भण्डारीको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ । हिजो सम्पन्न भएको नगरस्तरीय प्रथम भण्डारीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कविराज नेपाल, सचिवमा विष्णु न्यौपाने,कोषाध्यक्षमा मिनिता थापा, उपसचिवमा लक्ष्मी अधिकारी, यादव प्रसाद आचार्य (वाई.पी.) र सह–कोषाध्यक्षमा माया खनाल रहेका छन् । त्यस्तै सदस्यहरुमा कुल प्रसाद भण्डारी, बालुराम पाण्डे, नरेन्द्र खनाल, गुनाखर गौतम, शिवराज गौतम, विजया गिरी, मसीउल्ला पठान, राजकुमार कुवर, रविपन्थ, अर्जुन बहादुर अधिकारी, खिम बहादुर कुवर, थानेश्वर खनाल, इन्द्रमणि अर्याल, टेकराज पाण्डे, पुर्णवासी गुप्ता, राधेश्याम गुप्ता, शिला शर्मा, सीता चौधरी, श्याम बराल, विष्णु मरासिनी, बम बहादुर कुवर, तुलसीराम इटानी, सुक बहादुर आले र राम प्रसाद भण्डारी रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य दधिराम न्यौपानेले अहिले एमाले विरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरु लागि परेको बताए । उनले एमाले र एमाले नेतृत्वको विरुद्धमा सबै शक्ति केन्द्रहरु एकजुट भए पनि अत्तालिएको बताए । नेता न्यौपानेले चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा सोचे भन्दा बढी नागरिक सहभागि भएको बताए । उनले नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघको माध्यमबाट उद्योग व्यवसायको विकासमा लाग्नुपर्ने बताए ।