ताजा अपडेट »

नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएशनको अध्यक्षमा धिरज कुमार यादव

विहीबार, ०१ पुस २०७८

बुटवल । नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएशनको अध्यक्षमा धिरज कुमार यादव सर्वसम्वत रुपमा चयन भएका छन् । नेपाल भेटेरिनरी एसोसिएशनको प्रथम वार्षिक साधारणसभा अध्यक्षमा यादव चयन भएका हुन् ।

जसको उपाध्यक्षमा विश्वास घिमिरे र रञ्जना गिरि, सचिवमा विशाल टण्डन, कोषाध्यक्षमा अस्मिता गैरे, सहसचिवमा सचिन देवकोटा र सहकोषाध्यक्षमा सुरज आछामी चयन भएका छन् । यस्तै सदस्यहरुमा सुजित रेग्मी, नरेन्द्र प्रसाद भट्ट, प्रचण्ड पाण्डे, स्मिता बडुवाल, सचिन बाबू भुर्तेल र अर्जुन पौडेल चयन भएका छन् । यस्तै अनुसन्धान तथा संचार संयोजकको जिम्मेवारी दिपक सिंह कुसुवाह र ब्लु क्रस संयोजकको जिम्मेवारी राजेश गौतमले पाएका छन् ।

भेटेरिनरी बिद्यार्थीहरुको साझा संस्था एवं नपाल भेटेरिनरी एसोसिएशन अन्तर्गत रहेको विद्यार्थी संघ नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएशनको बुधबार मनोज पौडेलको अध्यक्षतामा , पक्लिहवा क्याम्पसका क्याम्पस प्रमुख डा.राम भजन मण्डलको प्रमुख आतिथ्यमा , नेपाल भेटेरिनरी एसोसिएसनका उपाध्यक्ष डा. कृष्ण काफ्लेको बिशेष आतिथ्यमा भएको कार्यक्रमले नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको हो ।