ताजा अपडेट »

रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामापत्र

विहीबार, ०१ पुस २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा पराजय भएसँगै डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका छन् ।

महामन्त्रीमा पराजय भएपछि रक्षामन्त्रीमा रहिरहनु नैतिक रुपमा उपयुक्त नभएको भन्दै उनले राजीनामा दिएको जनाएका छन् । उनले  बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएका छन् । मत गणनाको प्रारम्भिक नतिजामा आफू पछि परेसँगै उनले राजीनामा दिने घोषणा गरेका थिए ।