बुटवल । सार्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग (टिपिएल ) क्रिकेट प्रतियोगिताको चौथो संस्करण यही फागुन ८ गतेदेखि हुने भएको छ । माघ १५ गतेसम्म सञ्चालन हुने लिगमा लुम्बिनी प्रदेशका ८ वटा क्लबहरु बीच प्रतिस्पर्धा हुन आयोजक तिलोत्तमा क्रिकेट विकास समितिले जनाएको छ ।
तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा सर्वोत्तम सिमेन्टको मुख्य प्रयोजनमा हुने प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख, शिल्ड, मेडल, प्रमाणपत्रबाट प्राप्त गर्ने छ । उपविजेता टिम नगद २ लाख, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत हुने छन ।
प्रतियोयगता बारे जानकारी गराउन बुधबार तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले स्थानीय खेलाडीहरुको पहिचान र प्रोत्साहनमा सहयोग गर्ने अपेक्षा व्यक्त गरे । प्रतियोगितामा म्यान अफ दी सिरिजलाई २० हजार रुपैयाँ नगद र कप, उत्कृष्ट ब्याट्समेन, बलरलाई जनही १० हजार रुपैयाँ, इमर्जिङ प्लेयरलाई ५ हजार रुपैयाँ तथा टिम फेयर प्ले अवार्ड नगद ४० हजार रुपैया प्रदान गरिने भएको छ । साथै प्रत्येक खेलमा म्यान अफ दी म्याचलाई १ हजार ५ सय रुपैया र कपबाट पुरस्कृत अध्यक्ष भुर्तेलले बताए ।
राष्ट्रिय तथा स्थानीय खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा प्रत्येक टिमले अक्सनबाट ५ जनासम्म राष्ट्रिय खेलाडी सहभागी गराउन पाने छन् भने एक जना अनिवार्य रुपमा स्थानीय स्तरका, कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई सहभागी गराउनु पर्ने नियम रहेको छ । खेलाडी छनोटका लागि पुसको १७ गतेदेखि अक्सन खुला गरिएको छ । अक्सनमा राष्ट्रिय खेलाडीहरुलाई २ समुहमा विभाजन गरी सोही अनुसार न्यूनतम मूलय निर्धाराण गरिएको छ । खेलाडी खरिदका लागि प्रतियोगितामा सहभागी टिमले बढिबढाउ बोलकबोलको आधारमा आफ्नो समूहमा खेलाडी ल्याउन सक्ने छन् ।
तिलोत्तमास्थित नवजिवन खेलमैदानमा हुने प्रतियोगितामा ज्ञानोदय गोल्ड, मणिग्राम किङ्स, रोयल शंकरनगर, जोभी वारियर्स, भैरहवा सुपर ११, भैरहवा बुल्स, बुटवल होराइजन, आरसि भैरहवा गरि ८ टिमले भाग लिने छन् । प्रतियोगिता सम्पन्न गर्न कुल २२ लाख अनुमानित खर्च रहेको समितिका सदस्य तथा संयोजक भुपराज अधिकारीले बताए ।
प्रतियोगिताका मुख्य प्रायोजक संस्था सर्वोत्तम सिमेन्टका पश्चिमान्चल बजार ब्यवस्थापक रमेश ढकालले कोभिड संक्रमणका कारण उद्योगहरु धरासायी भैरहेको भएपनि खेल क्षेत्रमा थोरै भएपनि लगानी गरेर सामाजिक उत्तरदायित्वमा बल दिने काम गरेको बताए । क्रिकेट बिकास समितिका सल्लाहकार माधव अर्याल, सचिव श्रीराम नेपाली, सदस्य माधव पन्त, बाबुराम गैरे लगायतले प्रतियोगिता सम्पन्न गर्नका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् ।
प्रतिक्रिया