ताजा अपडेट »

उपसभापतिको मतगणना तीन ठाउँमा, राति १० बजेसम्म नतिजा आइसक्ने

बुधबार, २९ मंसिर २०७८

काठमाडौं ।  नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणना राति १० बजेसम्ममा सक्ने तयारी निर्वाचन समितिको छ । 

तीन ठाउँमा मतगणना भइरहेकाले राति १० बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

दुई जना उपसभापतिका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् । विजयकुमार गच्छादार, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला र महेश आचार्य चुनावी मैदानमा रहेका छन् । 

सभापतिमा भने शेरबहादुर देउवा विजयी भइसकेका छन् ।