बुटवल । रेनोल्टको एक्सचेञ्ज अफर शुरु भएको छ । बुटवल तथा यस क्षेत्रको आधिकारिक विक्रेता जुपिटर ह्विल्स प्रालिले कालिकानगरस्थित शोरुममा पाँच दिने एक्सचेन्ज अफर राखेको हो ।
बुधबार पत्रकार सम्मेलन गरि प्रालिका संचालक दिपक श्रेष्ठ मंसिर २९ गतेबाट शुरु भएको अफर पुस ४ गतेसम्म चल्ने बताए । यसैगरि स्पोट एक्सचेञ्ज, विशेष नगद छुट, गिफ्ट हेम्पर, फ्रि चेकअप, फ्रि वास, फुड स्टलको साथमा मनोरन्जनको समेत ब्यवस्था गरिएको उनले बताए । प्रालिका म्यानेजर कृष्ण खड्काले बिक्रिपछिको सर्भिस र स्पेयर पार्टको समेत सुविधालाई प्राथमिकता दिएको उल्लेख गरे । शोरुमबाट प्रत्येक वर्ष बजारमा सय बढि कार बिक्रि हुँदै आएको उनको दाबी छ । क्विड, काईगर, ट्राईवर, डष्टर गरि विभिन्न अप्सनका सिटि राईडसँग अफरोड चारपाङ्ग्रे सवारीहरु उपलब्ध रहेका छन ।
एडभान्स अटोमोबाईल्सका जेनेरल म्यानेजर अधिर कुमार श्रेष्ठले रेनोल्टबारे उपभोक्ता प्रमोशन गर्ने लक्ष्यसहित ईभेन्ट चलाईएको बताए । क्विड र ट्राईवड लाई मुख्य ध्यान दिएर ईभेन्ट चलाइएको छ । यसवर्ष नारायणघाटमा ईभेन्ट सकेर बुटवल, भैरहवा र पोखरा गरि ४ स्थानमा गर्ने तयारी रहेको छ । शुरुवातबाट नै थ्रि एस सुविधालाई ध्यान दिँदा उपभोक्तामाझ लोकप्रिय रहेको श्रेष्ठले उल्लेख गरे ।
कार्यक्रममा प्रालिका संचालक दिनेश श्रेष्ठले बजारमा भित्र्याउँदा नयाँ ब्राण्डका रुपमा स्थापित गर्न सफल भएको दाबी गरे । एडभान्स अटोमोबाईलका सेल्स नेटवर्क हेड विपुल भट्टराई, मार्केटिङ अफिसर निशान्त अधिकारी र रिजनल अफिसर तुफान शाहीले देशभर नै सेवालाई ध्यान दिएको बताए ।
प्रतिक्रिया