ताजा अपडेट »

नेपाल बैंकद्वारा लुम्बिनी प्रदेशमा डिजिटल बैंकिङ् साक्षरता अभियान

बुधबार, २९ मंसिर २०७८

बुटवल । नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सवै जिल्लाहरुमा एकै साथ डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराइ डिजिटल बैकिङका प्रविधिहरुमा बिद्यार्थीहरुलाई जानकारी गराउनुका साथै वित्तीय पहुंच अभिबृद्धि गराउने उद्देश्यले मंगलबार लुम्विनी प्रदेशमा रहेका ३३ शाखाहरुमार्फत उक्त कार्यक्रमहरु संचालन गरिएको हो ।

एकै साथ संचालित उक्त कार्यक्रममा तीन हजार भन्दा बढी बिद्यार्थीहरुलाइ वित्तीय साक्षरता सम्बन्धि ज्ञानमुलक जानकारी, नेपाल बंैकले लागु गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैकिङ्, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैकिङ्का विविध आयामहरुको बारेमा जानकारी गराईएको बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसाले जानकारी दिए ।

रुपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणि बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरुमा सम्वन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको उनले बताए ।

बैंककोे हाल ७२ जिल्लाका २१३ शाखाहरु १५० एटिएम, र ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैकिङ् सेवा पु¥याईरहेको छ ।