ताजा अपडेट »

नगरपालिकामा अख्तियारको छापा

मंगलबार, २८ मंसिर २०७८

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापा मारेको छ ।  पालिकाको खरिद र भुक्तानीमा अनियमितता गरेको आरोप अख्तियारमा परेको थियो । सोही अनुरुप नगरपालिकामा टोलीले छापा मारेको हो । 

टोली बिहान ११ बजे नै नगरपालिकामा पुगेको र दिउँसो साढे ४ बजे निस्केको थियो । करिब ५ घण्टाको बसाईमा नगरपालिकाको शाखागत रुपमा कागजातहरू अख्तियारले नियन्त्रणमा लिएको छ । 

अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार पाँच लाखभन्दा बढीको खरिद र भुक्तानीमा अनियमितता भएकोले छापा मारिएको हो । सो विषयमा थप अनुसन्धान गर्न बाँकी रहेको उनले जनाए । 

टोली भोली पनि पुनः नगरपालिकामा कागजात अध्ययनको लागि आउने छ । यससँगै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पनि टोलीले छापा मारेको अख्तियारका प्रवक्ता रिसालले बताए ।