बुटवल । नवलपरासी पूर्वमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको देवचुली नगरपालिका–१७ कुजौलीस्थित इँट्टाभट्टाको पोखरीमा डुबेर सोही इँट्टाभट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका–१५ घर भएका विज्ञान माझीको छोरा ४ वर्षीय बिक्रम माझीको सोमबार दिउँसो मृत्यु भएको हो । पोखरीमा डुबेरअशक्त भएको उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया