ताजा अपडेट »

स्थल अभाव र कोरोनाले बुटवलको खाना महोत्सव २ वर्षदेखि अवरुद्ध

मंगलबार, २८ मंसिर २०७८

बुटवल । प्रदर्शनी स्थलको अभाव र कोरोना महामारीको आतङ्कका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव हुन सकेको छैन । जसका कारण यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउनमा बाधा अडचन थपिएको छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण पाटोको रुपमा लिंदै आएको सडक खाना महोत्सव विगत २ वषर््ादेखि संचालन गर्नका लािग कोरोना नै वाधक बनेको बताएको छ । संघले सडकमै खाऔं सडकमै रमाऔ भन्ने मूल नाराका साथ वि.सं २०७५ सालमा अग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गर्दै आएको सडक खाना मर्होत्सव नियमित रुपमा २ वर्ष संचालन गरेकोमा वि.सं २०७७ सालदेखि विश्वभर फैलिएको कोभिड-१९ का कारण संचालन गर्न प्रतिबन्ध भएकोमा यस वर्ष पनि संचालन नहुने भएको छ ।

सडक खाना महोत्सव आयोजनागर्ने स्थल बुटवलको कालिका पथ सडक स्तरोउन्तीको क्रममा रहेकाले महोत्सव आयोजना गर्ने स्थान अभावले समस्या पारेको संघका अध्यक्ष राम प्रसाद गौतमले बताए । कोरोनाको कहरसंगै स्थान अभावले गर्दा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा बाधा पुराएको भन्दै सडक निमार्ण सम्पन्न हुँदासाथ नेपाली नयाँ वर्षमा भए पनि खाना मर्होत्सव आयोजना गरिने अध्यक्ष गौतमले बताए ।

आन्तरिक पर्यटन प्रवद्र्धनको गतिलो माध्यमका रुपमा लिइएको सडक खाना महोत्सवलाई निरन्तरता दिन र प्राथमिकतामा राख्नका लागि स्थानीय तह र प्रदेश सरकारले वार्षिक रुपमा बजेटको व्यवस्था गर्न पनि अध्यक्षले माग गरेका छन् । शुरुको दुई वर्ष निकै उत्साहाका साथ मनाइएको सडक खाना महोत्सवमा दर्शक तथा सहभागिहरुको माया पाएको भए पनि कोरोनाको कहर र स्थल अभावले समस्या भएको संघका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले बताए । थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउनका लागि संचालन गर्ने सोचमा अगाडी बढेको भएन पनि सडक निर्माणको चरणमा रहेकाले यो वर्ष महोत्सव गर्न सम्भव नभएको उनले उल्लेख गरे ।

बुटवलको खाना महोत्सव यस क्षेत्रकै पर्यटन प्रवर्द्धनको लागि महत्वपूर्ण पाटोको रुपमा लिइएको भए पनि विश्वभरी माहामारीका रुपमा आएको कोरोनाको कहरले व्यवसायीको व्यवसाय फष्टाउन नदिनका लागि कारक वनेको छ । विसं २०७६ सालमा आयोजना गरिएको दोस्रो खाना महोत्सवको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए ।