ताजा अपडेट »

युरोपीयन लिडिङ्ग ब्राण्ड स्कोडाको बुटवलमा नयाँ शोरुम

सोमबार, २७ मंसिर २०७८

बुटवल । पश्चिम क्षेत्रकै आर्थिक केन्द्रको रुपमा रहेको रुपन्देहीको बुटवलमा स्कोडाको नयाँ स्वरुम तथा वर्कसप सञ्चालनमा आएको छ । नेपालका लागि आधिकारिक विक्रेता एम ए डब्ल्यू इन्टर प्राइजेजले बुटवलका लागि रोड वेज इन्टरप्राइजेजलाई आधिकारिक विक्रेता बनाएको हो ।

बुटवल–११ कालिकानगरमा सोमबार युरोपीयन लिडिङ्ग ब्राण्ड स्कोडाको नयाँ स्वरुम तथा वर्कसप शुभारम्भ भएको छ । विगत १२ वर्षदेखि नेपालमा आधिकारीक विक्रि हुँदै आएको स्कोडाले आफ्नो डिलर प्लान अन्तरगत देशभर नेटवर्क बिस्तार तथा स्थापना समेत गर्दै आएको छ । स्कोडाको नयाँ सोरुम शुभारम्भ गर्दै एम.ए.डब्ल्यू.का कार्यकारी निर्देशक रौनक अग्रवालले ग्राहकहरुलाई युरोपीयन कारको सहज पहुँच पुर्याउन प्रतिबद्ध रहँदै आएको दाबी गरे ।

‘पश्चिम नेपालमा समेत हाम्रो यो उपस्थितिले थप मजबुत बनाउने विश्वास लिएका छौं ।’–उनले भने । स्कोडाको माग बढी रहेको बताउँदै उनले पछिल्लो ४ महिनाको अवधिमा मात्रै २५० बढी गाडी वक्रि भइसकेको उनले बताए । बुटवलमा स्कोडाको ९ औं शोरुम हो । यसअघि काठमाण्डौंसहित पोखरा, नारायणघाट, विराटनगर, विरगञ्ज, विर्तामोड, जनकपुर र धनगढीबाट आधिकारिक शोरुम मार्फत स्कोडा विक्रि हुँदै आएको छ ।

शोरुमको उद्घाटनका लागि प्रमुख अतिथीका रुपमा सहभागी लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले नेपालमै सवारी साधन उत्पादनका लागि अभ्यास गर्नु पर्नेमा जोड दिए । केही कम्पनी तथा निजी लगानी कर्ताहरुले विदेशी सवारीका पार्टपूर्जाहरु आयात गरेर एसेम्बलिङ गर्ने क्रम बढीरहेको बताउँदै उनले अब देशभित्रै उत्पादनमा जोड दिनु पर्ने उल्लेख गरे । शोरुम शुभारम्भका अवसरमा प्रमुख अतिथि शाही र निर्देशक रौनकले ग्राहक तथा उद्योगी अनिल अग्रवाललाई चाबी हस्तान्तरण गरेका थिए ।

सोरुमको समुद्घाटन समारोहमा स्कोडाका लागि बुटबलमा आधिकारिक डिलर रोडवेज लाइफस्टाइलले दुई दिने विशेष कार्यक्रमको समेत आयोजना गरेको छ । उक्त कार्यक्रममा स्कोडा टेस्ट ड्राइभको व्यवस्था गरिएको छ । यसका साथै ग्राहकलाई विशेष योजना अन्तरगत कार बुकिङ्ग गर्नेहरुका लागि आकर्षक नगद छुट, एक वर्षको सवारी कर छुट, निःशुल्क बीमा तथा हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारको व्यवस्था गरिएको छ ।