ताजा अपडेट »

बाबु पुगेको ६० वर्षपछि छोरीले पनि गरिन् अन्तरिक्ष यात्रा

सोमबार, २७ मंसिर २०७८

अमेरिकाका प्रथम अन्तरिक्षयात्री एलन शेपर्डकी छोरीले आफ्ना बाबुको मार्ग पछ्याउँदै अन्तरिक्षमा पुगेकी छन् ।  बाबु अन्तरिक्षमा पाइला हालेको ६० वर्षपछि छोरी लौरा शेपर्ड अन्य पाँच यात्रुसहित अन्तरिक्ष यात्रा तय गरेकी हुन् । लौरा अहिले ७४ वर्षकी भइन् ।  

विश्वका धनाढ्य जेफ बेजोसको ब्लू ओरिजिन नामक कम्पनीले अन्तरिक्षमा पठाएको एउटा व्यावसायिक यानबाट उनी अन्तरिक्षतर्फ प्रस्थान गरेकी हुन् । 

सन् १९६१ को मे ५ मर्करी अन्तरिक्षयान चढेर एलन शेपर्ड अन्तरिक्षमा पुगेका थिए । उनको १९९८ मा मृत्यु भएको थियो ।-एजेन्सी