ताजा अपडेट »

शेयर शिक्षा आजको आवश्यकता

आइतबार, २६ मंसिर २०७८

सामान्यतया, धितोपत्रहरु जस्तै शेयर, वन्ड, डिवेन्चर, म्युचुवल फन्डका इकाई लगायतका वित्तीय सम्पतिहरुको कारोबार हुने बजारलाई धितोपत्र बजार तथा शेयर बजार भन्ने गर्छौ । देशको आर्थिक बृद्धि र विकासमा शेयर बजारको योगदान महत्वपूर्ण रहन्छ । धितोपत्र बजारमा उपलब्ध विभिन्न वित्तीय सम्पतिहरुमा नीहीत जोखीम र प्रतिफलको सही विश्लेषण र मुल्याङ्कन गरेर लगानी सम्बन्धि निर्णय लिन सक्ने ज्ञान अर्थात क्षमतालाई शेयर शिक्षा मान्न सकिन्छ ।

नेपालमा कोरोना महामारी र सो कारणले भएको पहिलो पटकको लकडाउनसँगै नव प्रवेशीहरुको बजार प्रवेश ठूलो संख्यामा वृद्धि भयो र हुदै आइरहेको छ । जुन संङ्ख्या दक्षिण एशियामै बढी देखीएको छ । यद्यपी, नेपालमा लगानिकर्ताको संङ्ख्या कति भन्न गाह्रो छ, CDS को पछिल्लो तथ्याङ्क हेर्दा करीब ४७,४३,००० DEMAT खाताहरु छन्, तर एक जना लगानीकर्ताले दुई DEMAT खाता खोल्न पाउने व्यवस्थाको कारण कतिपय लगानीकर्ताहरुका दुई DEMAT खाता छन् त्यसैले DEMAT खाता भन्दा लगानीकर्ताहरुको सङ्ख्या कम छ भन्न सकिन्छ ।

धितोपत्रहरुमा गरिने लगानीमा जोखीम हुन्छ, तर हल्लाको पछी नलागी संयमता र धैर्यता नगुमाई लगानी व्यवस्थापन गर्न सकेमा अरु व्यावसाय भन्दा कम झन्झट साथै कम लगानीमा वैकल्पिक आय आर्जनको स्रोत बनाउन सकिन्छ । जुन व्याक्तिहरु जतिवेला शेयर बजार प्रवेश गरेका हुन्छन् उनीहरु सबैलाई लाग्छ, किन ढिलो बुझीएछ ढिला प्रवेश गरीएछ, पहिले नै प्रवेश गरेको भए धेरै फाईदा हुदाँे रहेछ भन्ने लाग्छ लाग्नु स्वभाविक हो किनकी शेयर बजारमा अनेकौँ अवसहरु हुन्छन् जस्तै प्रतिफल स्वरुप पूँजीगत लाभ र लाभाशं प्राप्त गर्न सकिन्छ ।

शेयर बजार प्रवेश गर्न लाखौँ लगानी आवश्यकता पर्दैन केवल केही हजार लगानीमा प्राथमिक तथा दोस्रो बजारमा सजिलै प्रवेश गर्न सकिन्छ । त्यसैले त पछिल्लो समय गृहणी महिला, विद्यार्थी वर्ग साथै अन्य साना लगानिकताहरुको पनि आकर्षण बढ्दै गइरहेको छ, जुन सकरात्मक हो । शेयर बजाको आयबाट आर्थिक परनिर्भता अन्त्य गर्न सकिन्छ । २, पैसाको लागि परीवारका अन्य सदस्य तथा अभिभावकसँग भर पर्नु पर्ने अवस्थाको अन्त्य हुनुको साथै भई परी आउने सामान्य खर्च धान्न सकिन्छ ।

कलेज विश्वविद्यालय तहका विद्यार्थीहरुले आफूलाई आवश्यक शैक्षिक सामग्री तथा खाजा खर्च बजारको कमाईबाटै जुटाउन सक्छन । वीत्त शास्त्र विषय समावेश भएका शैक्षिक तहहरुमा उत्त विषयको ब्यावहारिक पक्ष समेत बुझेमा शेयर बजारको लागि प्रयाप्त शिक्षा हाँसिल गर्न सकिन्छ । उता ठूला लगानकिर्ताको लगानी अर्थात सम्पतीको बढोत्तरी पनि अन्य क्षेत्रबाट भन्दा शेयर बजारबाटै बढी हुन्छ । त्यसैले शेयर बजारमा धेरै नागरिकको सहभागीता आवश्यक छ ।

नेपालको शेयर बजार अझै पनि सहर केन्द्रित छ । देशको ग्रामिण भू–भागमा बसोवास गर्ने नागरिकहरुलाइ समेत शेयर शिक्षा प्रदान गरेर बचतको केही रकम लगानी गर्न प्रोत्साहन प्रदान गर्नुको साथै देशको जुनसुकै ठाउँबाट पनि शेयर खरीद बिक्री गर्न सक्ने व्यबस्था गरी आम नागरीकलाई बजारमा सहभागी गराउन सके निम्न र मध्यम वर्गको आयमा बृद्धि भई विद्यमान आर्थिक परनिर्भरताको अन्त्य हुन सक्छ ।

विकासको लागि आवश्यक पर्ने पूँजी जुटाउने मुख्य ठाँउ भनेकै शेयर बजार हो । यहाँबाट संकलित रकम उत्पादनका साधन प्राप्तिका लागि पनि प्रयोग गरिन्छ । यसरी कम्पनीका धितोपत्रहरुमा लगानी गर्ने लगानिकर्ताले आफ्नो लगानीमा प्रतिफल प्राप्त गर्दछन् । अतः, शेयर बजार नागरीक र देश दुबैको लागि फाईदाजनक छ । समय सुहाउँदो उचित शेयर शिक्षाले मात्र शेयर बजारलाई सहि दिशा र गतीमा हिंडाउन सक्छ, शेयर बजारको बिकासले नै आर्थिक विकासको अनुमान गर्दछ ।