ताजा अपडेट »

जसपा सिद्धार्थनगर नगरपालिका- ८ को वडा भेला

शनिबार, २५ मंसिर २०७८

बुटवल । जनता समाजवादी पार्टी ( जसपा) को सिद्धार्थनगर नगरपालिका- ८ को वडा भेला सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशकी कृषि खाद्य तथा व्यवस्थापन मन्त्री सुमन रायमाझीले पार्टीका गतिविधि टोल टोलमा पुराउन नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छिन् ।

वडा नम्बर ८ का अध्यक्ष वकिल अहमद मुसलमानकाे अध्यक्षता, लुम्बिनी प्रदेशका कृषि खाद्य तथा व्यवस्थापन मन्त्री सुमन रायमाझीकाे प्रमुख अतिथिमा तथा युवा नेता भुवन पाैडयलको संचालनमा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य किस्मत बि क, लुम्बिनी प्रदेश कमिटि उपाध्यक्ष धनेश्वर चाैधरी बरिस्ठ नेता महेन्द्र यादव, जसपा महिला समिति प्रदेश सचिब बिमला बि क, जसपा बिपत व्यवस्थापन समितिका अध्यक्ष रबि राैनियार , सिद्धार्थनगर नगरपालिकाका अध्यक्ष अर्जुन जयसवाल, युवा ब्यवसायी सतिश कुमार काैशल लगायत पुस १० गते हुने सिद्धार्थनगरको भेलालाई भब्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी गर्न सबै नेता कार्यकर्तालाई आग्रह गरे ।