ताजा अपडेट »

लायन्स क्लब अफ बुटवल शान्ति दिपद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान र न्यानो कपडा

शुक्रबार, २४ मंसिर २०७८


बुटवल । लायन्स क्लब अफ बुटवल शान्ति दिपले विद्यार्थीहरुलाई स्टेसनरी सामान र न्यानो कपडा बितरण गरेको छ । क्लबले तिलोत्तमा नगरपालिकाको झुल्के माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमका बीच स्टेशनरी सामान तथा न्यानो कपडा वितरण गरेको हो ।

कार्यक्रममा ७० जना विद्यार्थीहरुलाई स्टेशनरी सामान र न्यानो कपडा वितरण गरिएको क्लबका सचीव बिशाल पन्थीले जानकारी दिए । स-साना बालबालिकाहरुलाई पढाईमा प्रेरित गर्ने उदेश्यले स्टेशनरी सामान तथा न्यानो कपडा विद्यार्थीहरुलाई वितरण गरिएको क्लबका अध्यक्ष बाबुराम खनालले बताए । आगामी दिनमा अन्य विद्यालयका स- साना बालबालिकाहरुलाई वितरण गरिने अध्यक्ष खनालले बताए ।

क्लबका अध्यक्ष बाबुराम खनालको अध्यक्षता र सचीव विशाल पन्थीको सन्चालनमा भएको कार्यक्रममा बिद्यालयका प्राचार्य दुर्गा सापकोटा, जनप्रतिनिधि राधा शाही , विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र पुन, लायन्सका लिडरहरु उमङ्ग देबकोटा, जीवन गौतम, एम एल पान्डे, रिता शर्मा एकादेब बस्याल लगायतको सहभागी रहेको थियो ।